नगरपालिकाले दूधे आयुर्वेदलाई सेवामुखी बनाउने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , २० 20:35:27

31253-20180104203527.jpg

दूधे । शिवसताक्षी नगरपालिकाले वडा नं. ११, दूधेमा रहेको दुधे आयुर्वेद औषधालयलाई व्यवस्थित र प्रभावकारी रुपले सञ्चानल गर्ने भएको छ ।

नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सेवामुखी संस्थाहरुलाई व्यवस्थित गरी सेवा प्रदायकको रुपमा सञ्चालन गर्न नगरपालिकाले दूधे आयुर्वेदलाई पनि व्यवस्थित गर्न लागेको हो । नगरपालिकाले हाल रहेका कार्यालय भवनलाई आवश्यक सरसफाई र रंगरोगन गर्ने, १० बजेबाट ४ बजेसम्म कार्यालयमा सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै नगरपालिकाले नगर प्रमख चन्द्रकुमार शेर्माको संरक्षकत्वमा दुधे आयुर्वेद औषधालय ब्यवस्थापन समिति गठन भएको छ । जसमा अध्यक्ष वडा न. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, सचिव दूधे आयुर्वेदका प्रमुख कविराज टेकनाथ अर्याल रहेका छन् । समितिको औषधालयलाई जग्गा उपलब्ध गर्ने परिवार सदस्य मैना कडरिया, सदस्यहरुमा राष्ट्रिय रमरिणय आर्दश माध्यमिक बिद्यालयका प्र.अ.कालिप्रसाद रिजाल, शिबसतासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, सन्तकुमारी मुखिया र वडा नं ११ का वडा सचिव नन्दि किशोर भट्टराई रहेका छन् ।

दूधे आयुर्वेद व्यवस्थित गरी सञ्चालन गर्न नगरपालिकाले ५ लाख बजेट विनियोज गरेको उप प्रमुख भोजकुमारी नेपालले बताइन् । उनले कार्यालय बोर्ड र नागरिक बडापत्रलाई देख्न गरि टाँस्ने, औषधी र थेरापीका सामाग्रीलाई भरपुर प्रयोग गरी सेवा प्रदान गर्ने योजना रहेको बताईन् । उनका अनुसार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभाग मार्फत रु २ लाख ५० हजार औषाधलयमा औषधी खरिद कार्यलय सञ्चालनका लागि बजेट आइसकेको छ ।
हाल तीन जना कर्मचारी रहेको दूधे आयुर्वेद औषाधलयले धरमपर, शिवगञ्ज, तोपागाछी र दक्षिणी इलामको महमाई र चुलाचुलीवासीलाई सेवा दिइदै आएको छ ।

 

प्रतिकृया दिनुहोस