बनियानीमा एनएमसीको आँखा शिविर 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , १९ 19:13:45

31224-20180103191345.jpg

बनियानी (झापा) । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) स्वास्थ्य समितिको आयोजना तथा एनएमसी बनियानी कार्यालयको व्यवस्थापनमा एक दिने आँखा स्वास्थ्य शिविर मंगलबार सम्पन्न गरिएको छ ।

बनियानीस्थित सामुदायिक भवनमा सम्पन्न आँखा स्वास्थ्य शिविरमा बिर्तामोडस्थित दृष्टि आई केयर सेन्टरले प्राविधिक सहयोग गरेको थियो । शिविरमा ३०० भन्दा बढी एनएमसी सदस्य र गैर सदस्यले सेवा लिएका थिए । 

जसमध्ये ४० जनामा मोतिबिन्दूको पहिचान गरिएको छ । संस्थाले आँखा शिविरलाई अभियानको रुपमा जिल्लाभर सञ्चालन गरिरहेको छ । संस्थाले सदस्य तथा गैर सदस्यलाई पूर्ण तथा आंशिक सहुलियतमा मोतिबिन्दू अपरेसन गर्ने लक्ष्य लिएको छ । 

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, सदस्य केशव पोखरेल, दृष्टि आई केयरका कविन्द्र उप्रेतीलगायतले बोलेका थिए । समितिका सदस्य सचिव जीवनमणि कटुवाल, एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्र, एनएमसी बनियानीका कार्यालयगत समिति सदस्य धर्मराज बराललगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत संयोजक तोमप्रसाद भट्टराई र सञ्चालन एनएमसी बनियानीका कार्यालय प्रमुख रवी पौडेलले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस