सतासीधाम स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , १९ 07:33:52

31212-20180103073353.jpg

दूधे। शिबसतासीको झिलझिलेमा रहेको सतासीधाम स्वाथ्य चौकीले ल्याव सेवा सञ्चालन ल्याएको छ ।

नगरपालिकाको पाँच लाख अनुदानबाट ल्याव सेवा सञ्चालनमा ल्याइएको हो । ल्याब सञ्चालनमा आएपछि शिवसताक्षीका विरामीले नियमित सेवा पाउने स्वास्थ्य चौकी प्रमुख सञ्जय ठकुरीले जनाकारी दिए ।

नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले ल्याव सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नगरपालिकाले क्रमशः धरमपुर , पाँचगाछी र शिवगञ्ज स्वास्थ्य चौकीमा समेत ल्याव सेवा सञ्चालन गर्ने जनाएको छ ।

शिबसतासी वडा नं.–८ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यबस्थापन समितिका अध्यक्ष केहरसिहं बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत पंकज भुर्तेल, वडा नं ११ का वडाध्यक्ष भैरब श्रेष्ठ, नेपाली काँग्रेस शिवसतासी नगर सभापति पशुराम ढुङ्गाना, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायव निरिक्षक डम्बर अधिकारी, युवा संघ नेपाल शिबसतासी नगर सदस्य फूर्वा लामा, सतासीधाम स्पोटिङ क्लव झिलझिलेका सचिव भाग्य सुब्बालगायत स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस