वैदेशिक सहयोग ३० प्रतिशत बढ्यो


अनलाइन, प्रकाशित मिति : २०७४ ,पौष , १७ 10:36:38

31173-20180101104338.jpg

काठमाडौं। गत आर्थिक वर्ष ०७३(७४ मा विदेशी सहयोग ३० प्रतिशतले बढेको छ । अघिल्लो आव ०७२(७३ मा कुल १ खर्ब ७ अर्ब ४० करोड रुपैयाँ ९१ अर्ब ७ करोड ४० लाख अमेरिकी डलर० वैदेशिक सहयोग ९सरकारी विकास सहायता– ओडिए० आएकोमा गत आवमा त्यो बढेर १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

विगत ६ वर्षको अवधिमा ९६ अर्बदेखि १ खर्ब १० अर्ब रुपैयाँको बीचमा वैदेशिक सहयोग आएको थियो । तर, गत वर्ष वैदेशिक सहयोग उच्च रूपमा बढेको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन २०१७ मा उल्लेख गरिएको छ ।

सरकारले प्राप्त गरेको सहयोगमध्ये अनुदानको हिस्सा सबैभन्दा बढी ४१ दशमलव ७६ प्रतिशत ९५८ अर्ब २३ करोड० रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ऋण ३९ दशमलव ३६ प्रतिशत ९५४ अर्ब ८८ करोड० र प्राविधिक सहयोग १८ दशमलव ८८ प्रतिशत ९२६ अर्ब ३३ करोड रुपैयाँ० रहेको छ ।

प्रतिकृया दिनुहोस