नहाँसेर भो !! प्रसारणमा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , १६ 17:45:52

31165-20171231174940.jpg

नयाँ टेलिश्रृङ्खला लिङकमा हेर्नुहोला :

 
 

काठमाडौं । नेपालमा टेलिभिजन थपिने क्रमसँगै कलाकारहरुले आफ्नो प्रस्तुति पस्कने राम्रो मञ्च पनि पाउन थालेका छन् । 

हालैबाट प्रसारणमा रहेको जनता टेलिभिजनमा बिहीबार बेलुका पौने ९ बजे प्रसारण हुन थालेको ‘नहाँसेर भो !!’ हास्य श्रृङ्खला थपिए पछि नवोदित कलाकारहरु पनि आफ्नो पहिचान बनाउने अवसर पाएका छन् । 

समीर सुबेदी र आइन्द्र लिम्बुको लेखन तथा निर्देशनमा बनेको ‘नहाँसेर भो !!’ नामक हास्य टेलिश्रृङ्खलाबाट पनि यस्तो अवसर थपिएको छ । बिगत छ बर्षदेखि अभिनय क्षेत्रमा लागेका सुवेदी र लिम्बु पुर्बमा विभिन्न कार्यक्रममार्फत् प्रस्तुति दिँदै आएका थिए । अहिले अभिनयका साथै आफ्नै निर्देशनमा पहिलोपटक काठमाडौबाटै नहासेर भो नामक टेलिशृन्खला लिएर दर्शकमाझ आएका हुन् । 

मधु ढकालको निर्माणमा बनेको हास्य टेलिशृन्खलाको निर्माण सल्लाहकार बद्री सुबेदी हुन् । जसको लेखन सहयोगी तथा सहनिर्देशन आशिष् ठकुरी र सुजन ढकाल रहेका छन् । 

प्रतिकृया दिनुहोस