धुलाबारीमा बिजनेश पार्कको उद्घाटन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , १४ 20:14:56

31127-20171229201456.jpg

 

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले धुलाबारीमा बनाउन लागिएको सुविधा सम्पन्न ‘बिजनेश पार्क’ले मेचीनगरको गौरव बढाउने बताएका छन् ।

धुलाबारीको चोक उत्तरतर्फ पुरानो कोलोनी परिसर क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधार सम्पन्न ‘बिजनेज पार्क’ को शुक्रबार उद्घाटन गर्दै नगरप्रमुख आचार्यले यस्तो बताएका हुन् ।

नगर उपप्रमुख मीना उप्रेतीले ४ वटा मुलुकसँग अन्तर्राष्ट्रिय नाका जोडिएको काँकरभिट्टा नजिकैको धुलाबारी बजारले व्यवसायिक दृष्टिकोणबाट प्रशस्त सम्भावना बोकेको चर्चा गर्दै व्यवसायिक प्रयोजनको नमूना शहर बनाउने अभियानमा नगरपालिका प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रममा पार्कको औचित्य बारे प्रकाश पार्दै त्रिशुली हाइड्रोपावरका निर्देशक निरञ्जन रेग्मीले विदेशी थोक तथा खुद्रा सामानका लागि आयात निर्यातको भरपर्दो व्यवसायिक गन्तव्यका रुपमा स्थापित धुलाबारी बजारले अब बिजनेश पार्क निर्माणपछि काँचुली फेर्ने विचार व्यक्त गरे । 

एक्सेल डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, प्राइम बैङ्कका प्रमुख कार्यकारी अधिकृत नेपाल भुषण श्रेष्ठलगायतले ‘बिजनेज पार्क’ को उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

इनर्जी भेञ्जर हाइड्रोपावरका अध्यक्ष सुवासराज काफ्लेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा संयोजक गंगालाल गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सञ्चालन शेरबहादुर बस्नेतले गरेका थिए । 

प्रतिकृया दिनुहोस