‘वैदेशिक रोजगार’ असर र प्रभाव


दिपक दास, प्रकाशित मिति : २०७४ ,पौष , १२ 15:18:19

31085-20171227151819.jpg

नेपाली युवा रोजगारीको शिलशिलामा भारत, खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा जाने चलन समान्य भइसकेको छ । विदेशबाट पठाएको पैसा अर्थात् रेमिटान्सले घर–गाउँमा धेरै आर्थिक परिवर्तन ल्याएको पनि देख्न सकिन्छ । विदेशबाट पठाएको पैसाले नेपाली अर्थतन्त्रमा कूल ग्राहस्र्थ उत्पादनको ३७ प्रतिशतसम्म ओगट्न सफल भएको विगत पनि हामीसँग थियो । जुन अहिले २९ प्रतिशतको हाराहारीमा झरेको सरकारी तथ्याङ्कले देखाउँछ । 

वैदेशिक रोजगारीमा गएका युवाले पठाएको पैसाले घर बनाउने, जग्गा जमिन जोड्ने, पसल, व्यवसाय गर्ने, शिक्षादिक्षामा खर्चिने, विभिन्न विद्युतीय सामग्री खरिद गर्ने तथा आरामदायी सुविधालाई प्रोत्साहान गर्दै लगेको छ । आज विश्वमा के भइरहेको छ, सामाजिक सञ्जाल, बढ्दो सञ्चार सुविधा, इमेल, इन्टरनेटको प्रयोगमा व्यापकता आएको छ । जसले विश्व मानचित्रलाई सानो बनाई दिएको छ । पहुँच योग्य बनाई दिएको छ । यस अवस्थामा वैदेशिक रोजगारले गाउँघरको जनजीवनमा धेरै परिर्वतन ल्याउन पद्दत मिलेको छ । 

नेपालको कूल जनसंख्याको एउटा ठूलो हिस्सा वैदेशिक रोजगारीमा विश्वका विभिन्न मुलुकमा रहेको अहिलेको परिवेश वैदेशिक रोजगारीले स्थानीयस्तरमा पुर्याएको सामाजिक, राजनीतिक र आर्थिक असरमा कस्तो प्रभाव पार्दैछ भन्ने बारेको चर्चा भने कम नै भएको अवस्था छ । आर्थिक रुपमा परिवर्तनका धेरै नयाँ आयम वैदेशिक रोजगारीले थपिदिएको छ । सँगसँगै यसको सामाजिक असर पनि सकरात्मक वा नकारात्मक दुवै हुने गरेका छन् । 

वैदेशिक रोजगारीमा गएकाहरुले आफू, आफ्नो परिवारलाई मात्र नभई स्थानीय र राष्ट्रियस्तरमै सहयोग, पुर्याएका प्रशस्त उदाहरण हामीसँग छन् । तर वैदेशिक रोजगारीको कारणले पुर्याएको नकारात्मक असरको समाधान अबको दिनमा पेचिलो चुनौती पनि बन्दै गएका छन् । वैदेशिक रोजगारमा जाने परिवारमा पनि बेमेल विवाह, पारपाचुके, एक्लै बस्ने, सानो परिवारमा बस्ने, बुबा–आमाको पारपाचुके पश्चात् तिनका छोरा–छोरीको अवस्थामा परेको मनोवैज्ञानिक असरको आज लेखजोखा भएकै छैन । 

वैदेशिक रोजगारले आर्थिक प्रभाव जमाएको हाम्रोजस्तो देशमा यसका सामाजिक प्रभाव र राजनैतिक परिवर्तनमा उनीहरुको गैर उपस्थिति (भोट दिन नपाउनु)ले केही समस्याहरु उत्पन्न गराएका छन् । स्थानीय तहको चुनावबाट केही प्रतिनिधिहरु वैदेशिक रोगजारी मै गएर आएकाहरु निर्वाचित भएकाले समेत यो प्रष्टाउँछ कि वैदेशिक रोजगार आफैंमा अब नौलो विषय रहेन । तर यो अनुसन्धान नै नभएको विषय चाहिँ बनाई दिएको छ । एउटा युुुुुुुुवा वा युवती वैदेशिक रोजगारीमा जानु अव सामान्य भैसकेको अवस्थामा कोही युवा गाउँ बसे, त्यहीँ केही गरे भने अब उल्टो त्यो युवा किन विदेश जान सकेन भन्ने खोजीको विषय बन्ने गरेको छ । 

एउटा युवा वैदेशिक रोजगारीमा गएर छोटो छुट्टीमा नेपाल आएर विवाह गरी श्रीमतीले श्रीमानको र श्रीमानले श्रीमतीको माया, स्नेह, प्रेम बुझ्नै नपाई लगत्तै विदेश फर्किंदा (अझ विवाह दर्ता पनि नगरी) समाजमा सामाजिक विचलन ल्याएका सयौं उदाहरण अब सामान्य भैसकेका छन् । तर त्यही कुरालाई सामान्य भन्दा पनि विशेष प्राथमिकता, मनोविमर्श र आपसी सम्बन्ध विस्तार, सद्भावलाई निरन्तरता दिए जाने आउने गर्ने भए र फेरि पनि वैदेशिक रोजगारलाई वैधानिकता, ज्ञान, सीप, सिकेर आवश्यक प्रक्रिया पूरा गरी जाने गरेमा सबैको भलो हुनेमा विश्वस्त हुन सकिन्छ । 

                                                                                         (लेखक दास अधिकारकर्मी हुन् ।)
 

प्रतिकृया दिनुहोस