कलक्षेत्रमा सन्तोषले गरे डेब्यू


रोशन भट्टराई, प्रकाशित मिति : २०७४ ,पौष , १२ 12:07:32

बेकेदारीको ‘सुनको सिक्री सुनैको तिल्लरी’ यू–ट्यूब ट्रेन्डिङमा

31081-20171227120732.jpg

पूर्वका चर्चित गायक तथा कलाकार श्रीकृष्ण लुईटेल बेकेदारीको पछिल्लो प्रस्तुति ‘सुनको सिक्री सुनैको तिल्लरी’ बोलको गीतमा मोडलिङ गरेर सन्तोष ढुंगेलले अभिनयमा डेब्यू गरेका छन् । 

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ निवासी ढुंगेलले अभिनय गरेको ‘सुनको सिक्री सुनैको तिल्लरी’ बोलको गीतमा बनेको म्यूजिक भिडियोबाट आफूले पहिलो अनुभव संगालेको बताउने उनी पहिलो प्रयासलाई धेरैले मन पराई दिएकोमा खुशी व्यक्त गर्छन् । ढुंगेल सानैदेखि स्टेज प्रोग्राम चलाउन अग्रसर हुन्थे । आफ्नो यही कलाले गर्दा गीत पनि हिट भएकोमा उनी दंग छन् ।
 
यू–ट्यूबमा म्यूजिक भिडियो रिलिज भएको छोटो समयमा नै ७ लाख भन्दा बढी पटक हेरिएका कारण सो भिडियो यू–ट्यूबको ट्रेन्डिङ ८ सम्म पुग्न सफल भएको बताइएको छ । 

भिडियोमा नेपाली सामाजमा भएको यथार्थ घटनाको चित्रण गर्न खोजिएको छ । सोझो स्वाभावको राम पात्रको चरित्रमा देखापरेका ढुंगेलले आफ्नो उत्कृष्ट अभिनय प्रतुत गर्ने प्रयास गरेको देख्न सकिन्छ ।

म्यूजिक भिडियोमा सीता, लक्ष्मी र बृन्दाको भूमिकामा क्रमशः संचिता ढकाल, ऋचा श्रेष्ठ र रोशनी कार्कीले अभिनय गरेका छन् । 

युवराज वाइवाले निर्देशन गरेको उक्त म्यूजिक भिडियो केशब दाहालले खिचेका हुन् । गीतमा शब्द, स्वर र संगीत गायक श्रीकृष्ण लुईटेलको रहेको छ । मनिषा पोखरेलले उनलाई गायनमा साथ दिएकी छन् ।

प्रतिकृया दिनुहोस