झापाकी तुम्रोकको मलेसियामा दूर्घटना, घर लाने पैसा छैन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , ११ 16:41:35

31061-20171226164135.jpg

क्वालालम्पुर । मलेसियामा रोजगारीको शिलशिलामा रहँदै आएकी झापाको कमल गाउँपालिका ५ की विष्णुमाया तुम्रोक आफ्नो बुबाको मृत्युको खबर पाएर नेपाल फर्कन एयरपोर्ट पुग्नै लाग्दा दूर्घटनामा परेर गम्भीर घाइते भएकी छन् ।
 
मलेसियाको क्वालालम्पुर नजिकै तुम्रोक सवार गाडीलाई लरी ट्रकले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएर केल हस्पिटलमा उपचार गराइएको जनाइएको छ । 

गत १५ डिसेम्बरमा दूर्घटनामा परेकी तुम्रोकको टाउकोको शल्यक्रिया पछि २२ डिसेम्बरमा डिस्चार्ज भएको छ । तर भएको रकम उपचारमा सकिए पछि अहिले उनलाई नेपाल फर्कनसमेत समस्या भएको मलेसियामा रहेका लिम्बूखिम याख्खाले जानकारी दिएका छन् ।

दूर्घटनाबाट गम्भीर घाइते तुम्रोकलाई ११ दिनसम्म अस्पतालमा राखेर उपचार गरिए पछि हाल स्वास्थ्यमा सुधार हुँदै आएको याख्खाले बताए । मलेसियाको रवाङ भन्ने स्थानमा विगत ७ वर्षदेखि श्रीमानसहित काम गर्दै आएकी उनलाई घर फर्काउन नेपालीहरु आर्थिक संकलनमा लागेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस