नेपाल फेशन आइडल २०१७ को उपाधि शाही र श्रेष्ठको पोल्टामा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , १० 13:27:16

31038-20171225132716.jpg

काठमाडौं । रशलाइट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधि रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । विजेताले नेपाल फेशन आइडलको उपाधिसहित जनही एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । 

शाहीले उपाधिको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधि पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन् । शुसान्तले बेस्ट फिजिक्सको उपाधि पनि पाए ।

राजधानीको तीनकुनेमा शनिबार सम्पन्न प्रतियोगितामा महिला तर्फ टिछिरिङ शेर्पाले फस्ट रनर अपका साथमा बेस्ट प्रर्फमेन्स र पुरुषतर्फ अंकित मानन्धरले फस्ट रनर अपका साथमा मोष्ट कन्फिडेन्टको उपाधि  जिते ।


 
महिलातर्फ सुप्रिना शाक्यल सेकेण्ड रनर अपका साथमा म्यानेजमेन्ट च्वाइसको उपाधि जितेकी छन् । त्यसैगरी पुरुषतर्फ सामिप्य श्रेष्ठले सेकेण्ड रनर अपका साथमा बेस्ट स्टाइलिसको उपाधि पाएका छन् ।

प्रतियोगितामा मस्ट ट्यालेन्टको उपाधि रोसेनेन शर्मा, इनि मर्हजन, बेष्ट पर्सनालिटी पारस दाहाल र सन्ध्या दिवाली, बेष्ट वाक पारस दाहाल, म्यानेजमेन्ट च्वाइस निरनराज गिरी र फुर्लमु शेर्पा, फोटोजेनिक सुनिल मर्हजन र इस्वाङ लामा र बेष्ट प्रर्फमेन्सको उपाधि पवन महर्जनले जितेका छन् ।

कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्जवल शाक्यको कोरियोग्राफी रहेको थियो भने इभेन्ट म्यानेजर सुनिल महर्जन रहेका थिए ।

सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगीतकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए । 

प्रतिकृया दिनुहोस