समाजसेवा अभियान रुपन्देही कतारको नयाँ नेतृत्व चयन 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , १० 07:01:01

31023-20171225070102.jpg

कतार । समाज सेवा अभियान रुपन्देही कतारको छैटौं साधरणसभा तथा पाँचौं अधिवेशन हालै सम्पन्न भएको छ ।

अधिवेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिबहादुर शाही, सचिव कृष्णप्रसाद न्यौपाने, सहसचिव शिवराज शाही, कोषाध्यक्ष विष्णु खड्का, सहकोषाध्यक्षमा मनोज कुंवर चुनिएका छन् ।
 
सदस्यहरुमा यम आले, सौगात अली, डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिलबहादुर खड्का, खेम पंगेनी र युवराज अर्याल रहेका छन् ।

समाजका अध्यक्ष डिल्लीराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास कतारका द्वितीय सचिव गायत्रीबहादुर पौडेल रहेका थिए ।

संस्थाका संरक्षक अर्जुनप्रसाद भट्टराई, पूर्व अध्यक्ष रामकेवल यादव, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य कुमार कार्की साधारणसभाका विशेष अतिथि थिए । सो कार्यक्रममा विभिन्न वैचारिक संघ–संस्था सामाजिक संघ–सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकारलगायत कतारमा स्थापित जिल्ला तथा अन्य संस्थाका प्रतिनिधि र रुपन्देहीबासीहरुको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समाजले स्थापना कालदेखि नै अनुकरणीय कार्यहरु गर्दै आएको तथा जिल्लाबासीको हक र हितमा मात्र सिमित नरहेर प्रवासमा कार्यरत सम्पूर्ण नेपालीहरुको हक, हित र सहयोगमा सधैं तल्लिन रहेकोले भोलिका दिनमा पनि यस्तै कार्यहरु गरेको देख्ने अपेक्षा गरेका थिए ।

कार्यक्रम संस्थाका निवर्तमान सचिव रामलाल पराजुलीले संस्थाको प्रगति विवरण र अध्यक्ष भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संस्थाका सदस्य कृष्ण न्यौपानेको स्वागत र सदस्य सोतन्त्र नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तित्व, संघ–संस्था र आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै, नेपाली सांस्कृतिक प्रस्तुतिहरु पनि पस्किइएको थियो ।

प्रतिकृया दिनुहोस