एक्स फेक्टर मोडेल नेपाल प्रतियोगिता हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , ९ 15:44:53

31016-20171224154453.jpg

काठमाडौं । युवा पुस्ताको क्षमतामा बृद्धि गर्नका लागि ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ ।

मिस्टर एन्ड मिस सुप्रानेसनल अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएको यस एक्स फ्याक्टर मोडेलका बिजेता सुप्रानेसनलको संस्करणमा नेपालको  प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताको विजेतालाई ४ दिनको थाईल्याण्ड भ्रमणको समेत व्यवस्था गरिएको छ । साथै  नगद पुरस्कार, फिल्म ,म्युजिक भिडियो र कमर्सियल बिज्ञापनको अवसर दिइनेछ ।

प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूह पुरुष र महिला दुवैले सहभागिता जनाउन पाउने आयोजक संस्थाले जनाएको छ । अन्तराष्ट्रिय स्तरको यस प्रतियोगितामा प्रख्यात अभिनेता, मोडेल, निर्देशकहरु नयाँ अनुहार खोज्न आउने गरेका छन् । एक्स फेक्टर मोडल सम्पूर्ण मोडलिङमा आफ्नो भविष्य बनाउन चाहने र अन्तराष्ट्रिय स्तरमा पुग्न चाहने युवा युवतीको लागि उपयुक्त प्लेटफर्म रहेको एक्स फेक्टर टिमले जनाएको छ । प्रतियोगिताको  लागि अडिसन भैरहेको आयोजक संस्थाले जनाएको छ ।

एक्स फेक्टरमा सहभागि हुनेलाई अभिनय, र्याम्प मोडलिङ, फेशन मोडलिङ, १५ वटा भन्दा बढि फरक–फरक थिममा फोटोसुट लिने अवसर पाउने एक्स फेक्टर टिमले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस