गोरखाका अपाङ्ग परिवारको सहयोगार्थ युएईमा अभियान


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , ८ 16:21:49

30992-20171223162149.jpg

युएई । प्रवासी भुजेल समाज युएईले गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं. ३ याङ्डीका अपाङ्ग भुजेल परिवारको सहयोगार्थ आर्थिक संकलन अभियान सुरु गरेको छ । 

युएईमा रहने भुजेल दाजुभाइ तथा दिदी बहिनीलगायत युएईबासी नेपालीमाझ सहयोगको अपील गर्दै अभियान सुरु गरिएको हो ।

९० वर्षीय दलबहादुर भुजेल परिवाका सबै सदस्य जन्मजात  अपाङ्ग रहेका छन् । ४३ वर्षीय छोरा राम, ४० वर्षीय छोरा चंखबहादुर, ३५ वर्षीया छोरी देवीमाया अपाङ्ग छन् । 


दलबहादुर आफैं पनि विगत १० वर्षदेखि वृद्धवस्थाका कारण हिंडडुल गर्न नसक्दा परिवार नै साहाराविहीन बनेपछि सहयोग जुटाउनु परेको प्रवासी भूजेल समाजका अगुवा सूर्य खबासले जनाएका छन् ।

सो परिवारमा आम्दानीको श्रोत केही नहुुुँदा खाने लगाउने समस्या त छँदैथियो, साढे दुई वर्ष अघिको विनाशकारी भूकम्पले भूजेल परिवारको सानो घरसम्म भत्काई दिएपछि छानोको पनि समस्या छ । 

सरकारी निकाय तथा विभिन्न संघ, संस्थाबाट सहयोगको आश्वासन पाए पनि कतैबाट कुनै प्रकारको सहयोग नपाएको सो परिवार सहयोगको आशामा घिस्रिएर जिउन बाध्य छ । 

चारजनाको परिवारमा बिहान बेलुका छाक टार्न समस्या छ । खान लगाउन समस्या त छँदैछ गएको बिनाशकारी भूकम्पले बस्ने घर पनि भत्काई दिएपछि परिवार नै बिचल्लीमा परेपछि सहयोग संकलनको अभियान चलाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस