“अमर–२” गीति एल्बम सार्वजनिक


साझामञ्च, प्रकाशित मिति : २०७४ ,पौष , ६ 13:22:23

30947-20171221132223.jpg

झापा । कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६ औं कृति “अमर–२” गीति एल्बम सार्वजनिक भएको छ ।

अमर–२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा ल्याएको हो । उक्त एल्बममा सात वटा गीत समाबेश गरिएको छ । जसमा  सुरेन्द्र महर्जन “अमर” कै रचना, मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जनले स्वर दिएका छन् । एल्बममा म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दुःख र सुख गीतहरू रहेका छन् ।

राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत अमर–२ मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।

त्यस्तै सुरेन्द्र महर्जन”अमर” कै रचनाको अर्काे म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। जसमा संगीता रायमाझीको स्वर र संगीत रहेको छ । “हावाहुरी चलेपछि झनै याद आयो, तिम्रो बिर्सू कसरी मनमा सजाएछु, याद भन्नू प्यार मेरो जसरी” गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । संचारकर्मी तथा भिडियो निर्देशक सरोज श्रेष्ठको निर्देशनमा रक्षा आचार्य र निराजनको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस