अर्जुनधारा नगरपालिकाले दैवी प्रकोप र हात्ती पीडितलाई राहत दिने


सागर गौतम, प्रकाशित मिति : २०७४ ,पौष , ४ 20:25:49

30915-20171219202549.jpg

अर्जुनधारा । हलुवागढ सामुदायिक वन उपभोक्ता समूह मातहत कालीखोलामा पर्ने निर्माणाधिन पर्यटकीय क्षेत्रमा बसेको अर्जुनधारा नगरपालिकाको बोर्ड बैठकले दैवी प्रकोप पीडित र हात्ती पिडित नगरबासीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

दैवी प्रकोप अन्तर्गत भौतिक क्षतिको प्रकृति हेरी २० हजार रुपैयाँसम्म तथा मानवीय क्षति भएमा पीडित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो । 

दैवी प्रकोपबाट धन क्षति भएमा प्रहरीको मुचुल्कासहित वडाअध्यक्षको सिफारिसका आधारमा राहत उपलब्ध गराउने निर्णय भएको हो । हात्ती पिडित नागरिकलाई अनुगमन गरेर क्षतिको प्रकृति हेरी १० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता सकुन्तला बरालले बताइन । 

उनले भनिन्, खुदुनाबारी क्षेत्रको फोहोरमैला व्यवस्थापनसहित अध्ययन र अवलोकनका लागि वडाअध्यक्ष गजाधर खतिवडा, रघुनाथ खनाल, जीवनकुमार भण्डारी, खरिदार खगेन्द्र लिङदेनलाई तोकिएको छ ।

नगरप्रमुख रानाको संयोजकत्वमा ५ लाख रुपैयाँभन्दा माथिका योजनाहरुको नगरस्तरीय अनुगमन गर्ने, वडाअध्यक्षले योजना सम्झौताको लागि सिफारिस गर्ने, ५ लाखभन्दा कम लागतको योजनाको अनुगमन सम्बन्धित वडाअध्यक्षले अनुगमन समिति गठन गरी योजना फरक–फरक तथा भुक्तानीका लागि पठाउँदा सो अनुगमन समितिको सिफारिससमेत अनिवार्य संलग्न गरी नगरपालिकाको कार्यालय पठाउने निर्णय गरिएको बताइएको छ ।

बैठकमा नगरप्रमुख रानाले प्राप्त स्रोत र साधनलाई स्पष्ट पारेर परिचालन गनेर्
 अर्जुनधारा नगरपालिकाको मुख्य लक्ष्य रहेको बताएका छन् । उनले भने, पूर्वाधार विकासको काम दुई वर्षमा सम्पन्न गदै ऐतिहासिक धार्मिक स्थलसहित पर्यटनको विकास र समृद्धिमा जोड दिने बताए । 

‘हलुवागढ सामुदायिक वनले सुरुवात गरेको पर्यटकीय क्षेत्र निर्माणमा नगरपालिकाले यथेष्ट सहयोग गर्ने’ भन्दै नगरप्रमुख रानाले पर्यटकको मन लोभ्याउने गन्तव्य भएकाले नगरले पर्यटन क्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटन क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बोर्डको बैठक हलुवागढमा बसेको हो ।

बैठकमा हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङ्गले निर्माणधिन पर्यटकीय क्षेत्र अर्जुनधारा नगरपालिकाको पनि गहना भएकाले सो क्षेत्रमा आउटलेट र इनलेटको निर्माणको काम  गरिदिन आग्रह गरेका थिए ।

बैठकको सञ्चालन नगरका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले गरेका थिए । अर्जुनधारा नगरपालिकाको बोर्डको बैठक सो क्षेत्रमा बसेपछि सामुदायिक वनका पदाधिकारीसहित स्थानीयबासी हर्षित भएका छन् । 

प्रतिकृया दिनुहोस