शिवसतासी नगरको १ र ३ नम्बर वडा कार्यालय उद्घाटन


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,पौष , ४ 05:25:05

30899-20171219052505.jpg

धरमपुर । झापाको शिवसतासी नगरपालिका वडा नं १ र ३ को कार्यालय उद्घाटन गरिएको छ । सोमबार नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले दुवै कार्यालयको उद्घाटन गरेका हुन् । 

शिवसतासी ३ (साविक धरमपुर गाविसका वडा नं. १, २, ३ र ४) स्थित पाराबारी बजारमा स्थापना गरिएको वडा कार्यालयको उद्घाटन पश्चात नगर प्रमुख शेर्माले नागरिकको सेवालाई प्रभावकारी बनाउन नगरपालिकाका कर्मचारीहरुलाई आग्रह गरे । उनले केही प्राविधिक सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु वडा कार्यालय मार्फत् सेवा प्रदान गरिने बताए । 

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपाल, नगरपालिका कार्यालयका कर्मचारी प्रशासन प्रमुख पंकज भुर्तेलको उपस्थिति थियो । वडा नं ३ का अध्यक्ष पुण्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर सदस्य महेन्द्र सम्बाहम्फेले स्वागत मन्तव्य राखेका थिए ।
 
तीन जना कर्मचारी रहने वडा कार्यालयमा वडा सचिव खेमराज दुलाल छन् । त्यस्तै, एक जना कार्यालय सहयोगी र एक जना सामाजिक परिचालिका रहने छन् । 

त्यस्तै, वडा नं १ को शुक्रबारे बजारमा स्थापना गरिएको वडा कार्यालयको पनि सोमबार नै नगर प्रमुख शेर्माले उद्घाटन गरे । सो वडा कार्यालयको सचिव राजु गिरी छन् ।                    
 

प्रतिकृया दिनुहोस