सुचीकै संलग्नतामा रोहिंग्यामाथि दमन भएको राष्ट्रसंघको आरोप


एजेन्सी, प्रकाशित मिति : २०७४ ,पौष , ३ 15:45:07

30893-20171218154507.jpg

म्यान्मार । म्यान्मारमा अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि भएको दमनमा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुचीकै संलग्नता रहेको आरोप लाग्न थालेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायका प्रमुख जेड राड अल हुसेनले म्यानमार नेतृ सुचीले नै अल्पसंख्यक रोहिंग्यामाथि दमन गर्न स्वीकृति दिएको आफूलाई लागेको बताएका छन् ।

सैन्य कारबाहीमा हजारौं रोहिंग्या मुसलमान मारिएको तथा लाखौं विस्थापित गरिएकाले उक्त निर्णय उच्चस्तरमा लिइएको हुनसक्ने हुसेनको भनाइ छ ।

हिंसा फैलनु अगाबै सुचीलाई सैन्य कारबाही अन्त्य गर्न आफूले भनेको दावी उनको छ । म्यान्मारका नेताहरुले आम नरसंहारको अभियोग खेप्नसक्ने चेतावनी पनि हुसेनले दिएका छन् ।

रोहिंग्यामाथि स्तब्ध बनाउने गरी निर्मम आक्रमण गरिएको भन्दै उनले त्यसबारे अन्तर्राष्ट्रियस्तरमा फौजदारी अनुसन्धान गर्न पनि आह्वान गरेका छन् । सुचीले भने यसबारे कुने प्रतिक्रिया दिएकी छैन् ।

डिसेम्बर महिनाको सुरुसम्ममा म्यान्मारको जनसंख्याको झन्डै एक तिहाइ अर्थात ६ लाख ५० हजार रोहिंग्या मुस्लिम समुदाय बंगलादेश पलायन भएका छन् । 

प्रतिकृया दिनुहोस