झापा कांग्रेसद्वारा मतदातालाई धन्यवाद


प्रकाशित मिति : २०७४ ,मंसिर , २६ 14:09:08

30790-20171212140908.jpg

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

झापा । मंसीर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई सहयोग गर्ने सबैप्रति झापा नेतृत्वले आभारसहित धन्यवाद ज्ञापन गरेको छ । 
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाद्वार हस्तक्षरित प्रेस विज्ञप्तीमार्फत् नेपाली कांग्रेसबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको पक्षमा मतदान गर्ने मतदाता तथा पार्टीलाई सहयोग गर्ने सबैप्रति धन्यवाद गर्दै विजयी प्रतिनिधिलाई हार्दिक बधाई ज्ञापन गरेको हो ।
 
निर्वाचनको मत परिणाम अप्रत्यासित रहेको ठहर गर्दै जारी विज्ञप्तिमा आम झापाली मतदाताले प्रकट गरेको जनमतको सहर्ष स्वीकार गर्दै नेपाली कांग्रेस झापा विजयी सम्पूर्ण उम्मेद्वारहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ भनिएको छ ।

नेपाली कांग्रेसले प्रारम्भ गरेका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका कार्यहरु बिना भेदभाव निरन्तरता दिन र आमजनताको मनोभावना अनुरुप निष्पक्ष र तटस्थताका साथ सबैको जनप्रतिनिधिको रुपमा आफ्नो कार्य सम्पादन गर्न विजयी उम्मेदवारहरुलाई विज्ञप्तीमार्फत् आग्रह पनि गरिएको छ । 

प्रतिकृया दिनुहोस