सिक्किममा १८ नेपाली साहित्यकार अभिनन्दित


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , २६ 11:42:57

30784-20171212114257.jpg

पथरी । नेपाली साहित्य क्षेत्रमा विशेष योगदान पुर्याएवापत नेपाल र भारतका २४ जना साहित्यकार भारतको सिक्किममा सम्मानित भएका छन् ।

सिक्किमको नेपाली साहित्य परिषद् र किनार प्रकाशनको संयुक्त आयोजनामा राजधानी गान्तोकमा सम्पन्न कार्यक्रममा मोरङ पथरीशनिश्चरेका भूपेन्द्र तिम्सिना सहित १८ जना नेपाली र ६ जना भारतका साहित्यकार अभिनन्दित भएका हुन् ।

साहित्यका साथै पत्रकारिता र कलाकारितामा सक्रिय तिम्सिना ठीक एक महिना अघि भारतको उत्तरप्रदेशस्थित सिद्र्धाथनगर तथागत अन्तरर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएका थिए ।

नेपाली साहित्यका बारेमा चर्चा परिचर्चासहितको ‘श्रष्ठा समागम’ कार्यक्रममा पूर्वाञ्चलबाट तिम्सिनाका साथै प्राध्यापक डाक्टर भीम खतिवडा, मधु पोखरेल, शिव रेग्मी प्रणत, विवश वलिभद्र कोइराला, विन्दू दहाल, लोकेन्द्र बञ्जारा, सुरेश सुवेदी, घनश्याम पथिक सम्मानित भएका हुन् । 

मकवानपुरबाट रामकुमार एलन, हयाग्रिव आचार्य, चितवनबाट गोर्खे साँहिलोका साथै बिर्खे अन्जान, राजवाबु पहाडी, कृष्णप्रसाद दहाल, केशवराज आमोदी, लोकनाथ खराल र मुक्ति गोविन्द वैद्यसमेत अभिनन्दित भएका छन् ।   

यसैगरी, भारत आसामका छत्रमान सुब्बा, मित्रदेव शर्मा, ज्ञानबहादुर क्षेत्री, मणिपुरका राहुल राई, भवानी अधिकारी र दार्जीलिङका सुकराज दियाली पनि अभिनन्दित बनेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि सिक्किम विधानसभाका अध्यक्ष केएन राई, किनार प्रकाशनका अध्यक्ष टीवीचन्द्र सुब्बासहितले सबैलाई अभिनन्दित गरेका हुन् । 

प्रतिकृया दिनुहोस