केरखामा ३० प्रतिशत मत खस्यो


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , २१ 12:41:22

30540-20171207124122.jpg

केरखा । कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विध्यालय केन्द्रका मतदाता निकै उत्साहका साथ मतदानमा सहभागी बनेका छन् ।

दिउँसो १२ बजे यो समाचार तयार पार्दासम्म सो मतदान केन्द्रमा ३० प्रतिशतभन्दा बढी मत खसेको मतदान केन्द्र (क) का अधिकृत युवराज ढकालले जानकारी दिए । सो मतदान केन्द्रमा ४ हजार ३३८ जना मतदाता रहेका छन् । 

त्यसैगरी कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालय केन्द्रमा २ हजार ५५४ जना मतदाता मध्ये अहिलेसम्ममा  ७०० भन्दा बढी मत खसेको (ग) केन्द्रका मतदान अधिकृत रमेश कोइरालाले बताए ।


 

प्रतिकृया दिनुहोस