सिटौलाले भोट खसाए 


द्रोण अधिकारी, प्रकाशित मिति : २०७४ ,मंसिर , २१ 10:31:31

30523-20171207103131.jpg

भद्रपुर । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेता सिटौलाले झापा क्षेत्र नम्बर १ अन्तरगत कलवलगुरीको “क” मतदान केन्द्रबाट बिहान ८ बजेर ९ मिनेटमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै सिटौलाले नेपालको राजनीतिमा पहिलो पटक नेपाली जनता सार्वभौम भएर संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा भाग लिन पाएको बताए । 

उनले निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै जनता मालिक हुने निर्वाचन महत्वपूर्ण रहेको जनाए । संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने यस निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई सम्बृद्धि तर्फ लाने विश्वास व्यक्त गर्दै जनता आफ्नो लागि आफैं भविष्य निर्माता रहेको तर्क गरे । 
 

प्रतिकृया दिनुहोस