बाह्रदशीका तीनजना सापकोटा बन्धुलाई एमालेबाट निश्काशन 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , २० 14:38:55

30511-20171206143855.jpg

झापा । वामपन्थी देशभक्त र राष्ट्रवादी गठबन्धनको साझा उम्मेदवारलाई जिताउन निर्वाचनमा होमिएको एमाले झापाका तीन जना कार्यकर्ताले पार्टीको नीति विपरित काम गरेकोमा साधारण सदस्यतासमेत नरहने गरी निश्काशन गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठकले हस्ताक्षर गरेर आज जारी गरिएको प्रेस विज्ञप्तीमा गठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्गदेन विरुद्ध उम्मेदवारी दिने बाह्रदशी ५ का वीरेन्द्र सापकोटालाई पार्टी केन्द्रको निर्णयअनुसार पार्टी विधानको धारा ४९ (क) ८ बमोजिम साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख छ । 

उम्मेद्वारी फिर्ता लिन र पार्टीका विरुद्ध गतिविधि नगर्न पटकपटक अनुरोध गर्दा पनि पार्टी निर्णयको बेवास्ता गरी गठबन्धनलाई असहयोग पुर्याइरहेका बागी उम्मेदवार सापकोटा तथा उनका प्रस्तावक बाह्रदशी ५ निवासी नरप्रसाद सापकोटा र समर्थक बाह्रदशी ५ निवासी रामप्रसाद सापकोटालाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको अध्यक्ष चिन्तन पाठकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।  

प्रतिकृया दिनुहोस