किन किन्दैछ सेनाले ७ हेलिकोप्टर?


प्रकाशित मिति : २०७४ ,मंसिर , २० 08:29:41

30502-20171206082941.jpg

काठमाण्डौं । सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ।

विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो ।

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।  यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

कहाँबाट कति खरिद?

  • इटालियनः २ (१४ सिट)

  • इन्डोनेसियाः २ (ट्रेनर जहाज)

  • फ्रान्सः १ (फिक्स्ड विङ/ कार्गो)

  • अमेरिकाः बेल (६ सिट) र इकुरेल (४ सिट)  आजको कारोबारबाट

प्रतिकृया दिनुहोस