ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अनलाइन, प्रकाशित मिति : २०७४ ,मंसिर , २० 08:10:19

30499-20171206081019.gif

चितवन । चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना६ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शवपरीक्षणका लागि अस्पतालमै राखिएको छ । दुर्घटनाका ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिईएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस