निर्भय र निष्प्रभावकासाथ मतदान गर्न अपील


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १८ 20:41:38

झापा । संयुक्त वाम गठबन्धनले मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै मतदाताहरुलाई निष्प्रभाव र निर्भयकासाथ मतदान गर्न अपील गरेको छ ।
 
सोमबार गठबन्धनका सचिव शिव ढुङ्गेलले विज्ञप्ति जारी गरेर निर्वाचन भाँड्ने, बिथोल्ने र नेपाली जनतालाई यो देशमा मालिक बनाउन नचाहने तत्वहरु निक्कै सक्रिय हुन थालेको जनाएका हुन् । ‘वर्तमान अवस्थामा जनताको त्यो महान शक्ति नै हो जसले यी र यस्ता सबैखाले तत्वहरुलाई ठीक ढंगले उपचार गर्न सक्छ’ विज्ञप्तीमा भनिएको छ । 

तपाईं न्यायाधीशरुपी मतदाताहरु निर्वाचन प्रभावमा पार्ने विभिन्न प्रलोभनका विरुद्ध डटेर सामना गर्दै कुन पार्टीले काम गर्छ त्यही पार्टीलाई मतदान गर्न संयुक्त वाम गठबन्धन आव्हान गर्दछ’ ढुङ्गेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

झापाली सुरक्षा संयन्त्रलाई मतदाता र मतदान केन्द्रको सुरक्षाको प्रत्याभूति दिन आग्रह गर्दै विज्ञप्तिमा देश अब अधिकारवादी आन्दोलन पूरा गरेर विकास निर्माण र समृद्धिको अभियानमा होमिएको उल्लेख छ । 

‘अहिलेको यो सन्दर्भमा भूमिकासँगै पात्रहरु पनि फेरिन सक्छन् त्यसकारण, यो महान अभियानले भोलि देशलाई कतातिर लैजाने हो र जनताले जित्ने कि हार्ने भन्ने फैसला गर्ने भएकोले तपाईं मतदाताहरुको विशेष सिक्रियताले नै प्रजातन्त्र र लोकतन्त्र विरोधी शक्तिलाई गतिलो जवाफ दिएर अबका अधिकारहरुको परिभाषा परिर्वतन गर्दै खाना, छाना र नानासँगै शिक्षा, स्वास्थ्य र सुरक्षाको अधिकार स्थिापित गर्न आव्हान गरिएको छ । 

विज्ञप्तिमा ‘देशलाई समाजवाद तर्फ मुखरित गर्न तपाईंको मत बहुमूल्य बनाउन हार्दिक अपील गर्दछौं’ भनिएको छ ।  

प्रतिकृया दिनुहोस