सुम्हात्लुङ मिनी म्याराथनको उपाधि याङदेनलाई 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , १८ 15:27:39

30475-20171204152739.jpg

पाँचथर । चासोक तङ्नाम पर्वको अवसरमा आयोजना भएको सुम्हात्लुङ मिनी म्याराथनको उपाधि दमकका याङदेन राइले जितेका छन् । 

पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजना भएको दोस्रो सुम्हात्लुङ मिनी म्याराथनमा निर्धारित साढे ९ किलोमिटर दूरी ३० मिनेट ३० सेकेण्डमा पूरा गर्दै राई प्रथम भएका हुन् । 

म्याराथनका लागि सुम्हात्लुङ मन्दिरदेखि फिदिमको आहाल गैरी, जोरसाल, पल्लोटार, फिदिम बजार हुँदै पुनः सुम्हात्लुङ मन्दिरसम्मको दूरी निर्धारण गरिएको थियो । 

प्रतियोगितामा  पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम, झापाका गरी ३८ जना सहभागीहरुलाई पछि पार्दै राई प्रथम भएका हुन् । उनलाई पछ्याएका फिदिम ३ का खड्ग राईले ३१ मिनेट ३२ सकेण्डमा उक्त दूरी पार गर्दै दोस्रो धावक बने । ३५ मिनेटमा दूरी पार गरेका फालेलुङ गाउँपालिकाका कविन केरुङ तेस्रो भए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विजेताहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । 

प्रतिकृया दिनुहोस