दमकमा मंसीर २९ देखि भेट्रान फुटबल


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १७ 21:03:13

30460-20171203210313.jpg

दमक । दमक–लखनपुर भेट्रान क्लबले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता २०१७ गर्ने भएको छ । 

क्लबले आज दमकमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी गराएको हो । यही मंसीर २९ गतेदेखि पुष ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने  क्लबका पूर्व अध्यक्ष भरत चम्लागाईंले जानकारी दिएका हुन् ।

कमल गाउँपालिका वडा नं. ५ स्थित  गुहेश्वरी आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा भारत तथा बंगलादेशका टीम र नेपालका गरी १४ टीम सहभागी हुनेछन् । 

खेल आयोजक मूल समितिका संयोजक मोहन मगरले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १० हजार १० रुपैयाँ, दोश्रो हुने  टिमलाई ४० हजार ४०४ रुपैयाँ प्रदान गरिनेछ । 

प्रतिकृया दिनुहोस