प्यूठान सेवा समाज कतारमा नयाँ नेतृत्व चयन 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १७ 05:32:51

30441-20171203053251.jpg

कतार । कतारमा बसोबास रहेका नेपालको प्युठानबासीहरुको संस्था प्यूठान सेवा समाजको पाँचौ अधिवेशन कतारको राजधानी दोहाको सल्वारोडमा भब्यताका साथ सम्पन्न भएको छ। 

सम्पूर्ण प्युठानबासीहरुको एकता आजको आवश्यकता भन्ने नाराका साथ आयोजित अधिवेशनको प्रमुख आतिथ्य नेपाली दुताबासका श्रम सहचारी नरेन्द्र ज्ञवालीले गरेकबा थिए । संंस्थाका अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको तर्फबाट रविकिरण अधिकारीले आमन्त्रितहरुलाई शाब्दिक स्वागत गरेका थिए ।

समाजको पाँचौ अधिवेसनबाट बलदेव रानाको अध्यक्षतामा सर्वसम्मत रुपमा १८ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । 
जसको प्रथम उपाध्यक्ष रविकिरण अधिकारी, द्वितीय उपाध्यक्ष चेतमान जैसी, तृतीय उपाध्यक्ष केशबबहादुर केसी, महासचिव धर्मसिंह बिक, सचिव टंक रेग्मी, कोषाध्यक्ष बसन्त बुढाथोकी र
 सहकोषाध्यक्ष दिपेन्द्र थापा चयन भएका छन् । 

समाजका सदस्यहरुमा अरुण केसी, जितेन्द्र विक, हरि केसी, रविलाल विक, अमृत सुनार, भिमबहादुर सुनार, केशब न्यौपाने, दानबहादुर सुनार र बसन्त विक चयन भएका छन् । 

सोही अवसरमा गीतकार रविकिरण अधिकारीको नयाँ गीति एल्बम के के हुनि हो को बिमोचन गरिएको छ। 

प्रतिकृया दिनुहोस