निशुल्क आँखा शिवीरमा ४०० ले लिए सेवा


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १७ 04:55:49

30440-20171203045549.jpg

 

झापा । नेवाः पासा मुना पुचः बिर्तामोडले भद्रपुर नगरपालिकाको महेशपुरस्थित मोरान मेमोरियल स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

मंसीर १५ गते विद्यालय परिसरमा आयोजित आँखा शिवीरमा विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग  रहेको थियो । विद्यालयका ३४५ जना विद्यार्थी र ५५ जना शिक्षक, अभिभावकले सेवा पाएको सो आँखा शिवीरमा आँखा स्वास्थ्य बारे नेत्र चिकित्सक बिनोद दाहालले सचेतनामुलक प्रशिक्षण दिएका थिए ।

आयोजक संस्थाका सन्तोषकुमार श्रेष्ठकाअनुसार नेत्र चिकित्सकहरु डा. विनोद दाहाल, डा. आलोक कर्ण तथा डा. करिष्मा राईले आँखा जाँच गरेका थिए ।

प्रतिकृया दिनुहोस