त्रिभुवन आर्मी ह्याट्रिकको दाउमा, सतासीमा हारको बदला लिने पर्खाइमा मनाङ  


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , १४ 20:30:02

30408-20171130203002.jpg

काँकरभिट्टा । झापाको काँकरभिट्टामा भइरहेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको तेश्रो संस्करणमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीले जीतका लागि आफूहरुको टीम स्प्रिट उच्च भएको बताएका छन् ।

फाइनल भिडन्त हुनु अधि बिहीबार भएको प्रि–म्याच प्रेस कन्फ्रेन्समा त्रिभुवन आर्मीका कप्तान भरत खबास र मनाङका कप्तान विराज महर्जनले आफूहरु निर्धारित ९० मिनेट भित्रमा जीत निकाल्न मैदान उत्रने बताए ।

शुक्रबार हुने फाइनल प्रतियोगितामा आर्मी र मनाङ आमने सामने हुँदैछन् । मनाङलाई सताक्षी गोल्डकपको फाइनलमा व्यहोरेको हारको बदला लिने अवसरसमेत रहेको छ । 

‘हामी र हाम्रा खेलाडी राम्रो रिदममा छौं’’, आर्मीका कप्तान भरत खबासले भने– ‘हामी मनाङ्लाई हराएर यो वर्षको तेस्रो उपाधि उचाल्ने तयारीमा छौं, ह्याट्रिक गर्न चाहान्छौ ।’

दुई वर्षसम्म नेपालमा लिग नभएका कारण अन्य टीमका खेलाडी आर्मीभन्दा तुलनात्मक रुपमा कमजोर भएको पनि उनले बताए ।

यस्तै मनाङ्का कप्तान विराज महर्जनले पनि आफ्नो टोली स्टार खेलाडीले भरिएका कारण जित्ने दाउमा रहेको जानकारी दिए । ‘हामीले स्ट्राइकिङ्ग साइडलाई सुधार गरेका छौं, कमजोरीहरुलाई सुधार गर्ने प्रयास गरेका छौं ।’ उनले भने ‘‘शतप्रतिशत हामी जित्ने प्रयास गर्नेछौ र सताक्षी गोल्डकपको हारको बदला लिने प्रयास गर्नेछौं ।’

प्रतिकृया दिनुहोस