बाख्रापालक किसानलाई सहाराको तालिम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , १३ 13:44:01

30381-20171129134401.jpg

चुलाचुली । साहारा नेपाल चारपाने झापा अन्तरगत केर्खा सेवा केन्द्रको आयोजनामा बाख्रापालन सम्बन्धी तालिम इलामको चुलाचुलीमा सम्पन्न भएको छ ।

चुलाचुली क्षेत्रलाई बाख्राको पकेट क्षेत्र बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा स्थानीय २५ जनाभन्दा बढी बाख्रापालक कृषक सहभागी रहेका केर्खा शाखा प्रमुख दुर्गादेवी कडेलले जानकारी दिइन् ।

तालिममा बाख्रा पालनको महत्व, बाख्राका जात, आहारा, खोर व्यवस्थापन, बाख्रामा लाग्ने प्रमुख रोग तथा प्रजनन् सम्बन्धी रोगका बारेमा कृषकलाई तालिम प्रदान गरिएको तालिम संयोजक भरत पोख्रलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस