कविता 


वाङचु लेप्चा, प्रकाशित मिति : २०७४ ,मंसिर , ११ 16:26:10

30349-20171127162610.jpg

एक

हजार चाहनाहरु मनभित्र दबाई,
तिम्रो पिछा गरिरहेको छु ।
तिम्रो माया पाउने आशामा
नदुखेको मनलाई दुखाई रहेको छु ।।

दुई

तिमी आँशु देखाएर रुन्छौ,
सोध्छन् मान्छेले तिम्रो पीडाहरु ।
म आँशु लुकाएर रुन्छु,
खोज्छन् मान्छेले मेरो आँखामा आँसुको थोपाहरु ।।

तीन

मेरो मनका कुराहरु, तिमीलाई बुझाउन सकिन,  
तिम्रो मनका कुराहरु, इच्छा हुदाँ पनि मैले बुझ्न सकिन । 
माया त मैले बेहदै गरेको थिएँ तिमीलाई,
मैले ती मायाहरुले तिम्रो चित्त बुझाउन सकिन ।।

चार

चाहनाहरु रुएको छ मेरो  
रहरहरु तुहिएको छ मेरो ।  
बग्दैछ पसिनाहरु निरन्तर,  
गालामा अभावको माला झुन्डिएको छ मेरो ।।

पाँच

मैले तिमीलाई मन दिएको थिएँ
दुखाउनको लागि होइन ।
मैले तिमीलाई साथ दिएको थिएँ,
छुटाउनको लागि होइन ।।

आँखाभरी आँसु बनाई, 
हाँस्न खोज्छौ तिमी ।
मनमा अनेक पीडा सहेर,
बाँच्न खोज्छौ तिमी ।।

सात
मुमुक्षुको यात्रामा हिड्दा
रुग्णको जस्तै भएको छ यो मेरो ज्यान !
मन्त्रमुग्ध त्यो तिम्रो हेराईको पछि लाग्दा
तपस्वीको जस्तै भएको छ यो मेरो ध्यान !!

आठ

मोहनी मलाई लगाउँदैछ,
तिम्रो मुस्कुराई रहने मुहारले ।
पागल म हुँदैछु हिजो आज,
तिम्रो लज्जालु हेराइको प्रहरले ।।

प्रतिकृया दिनुहोस