झिलझिलेमा सांगीतिक साँझ गरियो


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , ११ 12:41:44

30347-20171127124144.jpg

झिलझिले । झापाको शिवसतासीस्थित झिलझिलेमा शनिवार बृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको सांगीतिक कार्यक्रम साँझदेखि मध्य राती १२ वजे सम्म चलेको थियो । 

सांगीतिक कार्यक्रममा आस्था व्याण्डका चर्चित गायक नरेन लिम्बु, हाँस्य जोडी केदार घिमीरे (माग्ने बुढा), सितादेवी तिमल्सिना, गायक प्रेम आङदेम्बे, खोजी प्रतिभाका गायक रेवत राई, नेपाल आइडलका गायक सुरज तामाङलगायतले आ–आफनो प्रस्तुति दिएका थिए । 

साकेला नृत्यबाट शुरु गरिएको सांगीतिक कार्यक्रममा स्थानीय कलाकार रोम मगरले टिपलाईट, बाल कलाकार एना राईले आ–आफनो दमदार प्रस्तुति दिएका थिए । 

सांगीतिक कार्यक्रममा दर्शकहरुले मध्यरातसम्म साथ दिएका थिए । जाडोमा कलाकारसंगै दर्शक छमछमी नाच्दा कार्यक्रम संगीतमय बनेको थियो ।

सुम्निमा, पारुहाङ शालिक निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले आयोजित सो सांगीतिक कार्यक्रमबाट करिब साढे ७ लाख रकम संकलन भएको कार्यक्रम संयोजक सुरज रिङालुङ राईले जानकारी दिए । 

सांगीतिक कार्यक्रममा प्रवेशद्वार टिकट मार्फत मात्र १ लाख रकम जुटेको र स्वदेश र विदेशबाट करिव साढे ६ लाख सहयोग प्राप्त भएको कार्यक्रम संयोजक राईले बताए ।

प्रतिकृया दिनुहोस