सहकारी सदस्यलाई अचार बनाउने तालिम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , १० 11:44:48

दमक । आफ्ना शेयर सदस्यहरुको आयआर्जन बढाउने उद्देश्यले यहाँस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले महिला लक्षित अचार बनाउने तालिम प्रदान गरेको छ । संस्थाले आफ्नै सभाहलमा शनिबारदेखि दुई दिने तालिम शुरु गरेको हो ।

संस्थाका अध्यक्ष जीतमान राईले तालिमको उद्घाटन गर्दै महिलालाई आयआर्जन गर्न सघाउ पुर्याउने उद्देश्यले अचार बनाउने तालिम प्रदान गरिएको बताए ।

सहकारीको महिला उपसमितिले आयोजना गरेको तालिममा अकबरे खोर्सानी, लप्सी, आँप, कागती, मूला, गाजर, अमला र कोवीको अचार बनाउने तरिका र त्यसको प्रविधिको बारेमा प्रयोगात्मक अभ्यास गराइएको प्रशिक्षक बविता अधिकारी दाहालले जानकारी दिइन् । 

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानका उपप्राध्यापक दाहालले तालिम लिएपछि महिलाले चाहेमा व्यवसायिक अचार उत्पादन गर्न सक्ने बताइन् । 

उक्त तालिममा ५० जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको सहकारीको महिला उपसमितिका संयोजक धनमाया थापा मगरले जानकारी दिइन् ।
 

प्रतिकृया दिनुहोस