एनएमसीमा घरेलु हिंसा विरुद्धको सचेतना


अर्पित देवान , प्रकाशित मिति : २०७४ ,मंसिर , ९ 21:24:36

30296-20171125212436.jpg

धुलाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) महिला समितिको आयोजनामा आज यहाँ घरेलु हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर आयोजना गरिएको सचेतना कार्यक्रममा अधिवक्ता लक्ष्मी खनालले सहजीकरण गरेकी थिइन् । 

सचेतना कार्यक्रममा घरेलु हिंसा भनेको के हो ? कसरी हुन्छ ? यसको नियन्त्रण र निरुत्साहनका लागि राज्यले के कस्ता नीति नियम बनाएको छ ? हिंसा पीडितहरुले कसरी कानूनी उपचार पाउँछन् ? जस्ता विषयहरुमा सहभागीलाई चेतना प्रवाह गरिएको थियो ।

 

एनएमसी धुलाबारी कार्यालयको व्यवस्थापनमा सम्पन्न सचेतना कार्यक्रममा सहभागी तथा आमन्त्रितहरुलाई कार्यालयगत समितिका सदस्य मीना दवाडीले शाब्दिक स्वागत गरेकी थिइन् । 

एनएमसी महिला समितिका संयोजक भगवती घिमिरेको अध्यक्षतामा सदस्य हेमा सिटौलाले सञ्चालन गरेको सचेतना कार्यक्रममा संस्थाका महिला सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस