सुनचाँदी व्यवसायी संघमा बराल


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , ९ 20:49:41

30295-20171125204941.jpg

सुरुङ्गा । नेपाल सुन चाँदी व्यवसायी संघ शाखा सुरुङ्गाको अध्यक्षमा युवा व्यवसायी टिकाराम बराल सर्वसम्मत चयन भएका छन् । 

धनुषकोटी धाम परिसरमा आज सम्पन्न साधारणसभाले बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा मिलन खरेल, उपाध्यक्षमा मेघराज दियाली, सचिवमा जीवन चुँडाल, सहसचिवमा राजु पाठक र कोषाध्यक्षमा खेम प्रसाईँ चयन भएका छन् ।
 
यस्तै सदस्यहरुमा कमल ल्वागुन, युवराज चिमरिया, डम्बर गजमेर, रोहित ल्वागुन, रेवत दियाली, भक्तकुमारी विश्वकर्मा र ज्योति श्रेष्ठ रहेका छन् । 

त्यसैगरी संघले गौरीलाल श्रेष्ठ, रत्नकुमार श्रेष्ठ, पूर्णबहादुर दियाली, मौसम श्रेष्ठ, इन्द्र रोक्का र सपन वर्मन रहेको सल्लाहकार समिति चयन गरेको छ । 

कनकाई नगरपालिका र झापा गाउँपालिकासहितका व्यवसायीहरुलाई समेटेर गठन भएको सुन चाँदी व्यवसायीहरुको संगठनले आगामी दिनमा तोकिएको क्षेत्रभित्रका सबै सुनचाँदी व्यवसायीहरुलाई एकीकृत गरी सामाजिक क्षेत्रमा समेत क्रियाशिल हुने योजना बनाएको संस्थाका सचिव जीवन चुँडालले बताए ।  

गौरीलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा व्यवसायीहरु मिलन खरेल, इन्द्र रोक्का, खेम प्रसाईँ, मौसम श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । रत्न श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन टिकाराम बरालले गरेका थिए । 

प्रतिकृया दिनुहोस