सकियो पूर्वाञ्चल स्वास्थ्य महोत्सव, १७ हजारले लिए सेवा


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , ९ 20:30:22

विर्तामोड । यहाँस्थित बी एण्ड सी अस्पतालले मंसीर २ गतेदेखि सञ्चालन गरेको साताव्यापी पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार हाराहारी सर्वसाधारणले सेवा लिएका छन् । 

अस्पताल प्रशासनले शनिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार स्वास्थ्य महोत्सवबाट १६ हजार ८३२ जनाले लाभ लिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा उद्घाटन गरेको स्वास्थ्य महोत्सवमा ३१२ जनाको शल्यक्रिया गरिएको छ ।

१५ हजार ७३२ जना विरामीले प्रयोगशाला परीक्षण गरेका छन् । नौ हजार ६२२ जनाले रेडियोलोजी सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।

पौने तीन करोड रुपैयाँको लागतमा सम्पन्न भएको महोत्सवमा विरामीले औषधी, उपचार र शल्यक्रियामा दुई करोड रुपैयाँ बराबरको छुट पाएका छन् ।

महोत्सव अवधिभर शल्यक्रिया गर्न नभ्याइएका विरामीलाई ४५ दिनभित्र गर्ने गरी छुट सुविधा उपलब्ध गराइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

विरामीको चाप थपिएपछि महोत्सवको अवधि दुई दिनका लागि थप गरिएको थियो । मङ्सीर २ गतेबाट सुरु भएको महोत्सव ८ गते शुक्रबार सकिएको हो ।

प्रतिकृया दिनुहोस