बिर्तामोडमा सुनिए कवि नवराज पराजुली


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , ९ 17:20:10

30290-20171125172010.jpg

बिर्तामोड । कविता कन्सर्ट गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बनाएका युवा सर्जक नवराज पराजुलीको एकल कविता वाचन आज विर्तामोडमा सम्पन्न भएको छ ।

साहित्य चौतारी झापाको आयोजनामा सम्पन्न कविता कन्सर्टमा सर्जक पराजुलीले सगरमाथाको गहिराई, खोया, मैझारो, च्याऊ, हेब्बी वर्थ डे र रुख कविता सुनाए । युवा पुस्ताका सयौं शुभेच्छुकहरुको उपस्थितिमा आफ्नो सिर्जना पस्कँदै पराजुलीले प्रेम, पीडा, आत्मिक द्वन्द्व समेटिएका कविता सुनाएका हुन् ।

साहित्य चौतारीका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा भाषाविद् चूडामणि रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीद्वार प्रकाशित स्मारिक २ को परिचर्चा गरिएको थियो । 

चौतारीका सचिव राजेन्द्र संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा कवि पराजुलीको व्यक्तित्वमाथि साहित्यकार कृष्ण सुवेदी निराकारले प्रकाश पारेका थिए । 

प्रतिकृया दिनुहोस