सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स भुक्तानी सम्झौता


एजेन्सी, प्रकाशित मिति : २०७४ ,मंसिर , ६ 17:50:38

30244-20171122175038.png

काठमाडौं l सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ । 

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु रनेपालभरि रहेका ७००० भन्दा बढि भुक्तानी संजाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरे।

सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ ।

सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ ए.टि.म. रहेको छ ।

प्रतिकृया दिनुहोस