मोडलिङमा जम्दै विशाल


रोशन भट्टराई, प्रकाशित मिति : २०७४ ,मंसिर , ६ 13:24:32

30240-20171122132432.jpg

मेचीनगर १२ कालीझोडा घर भएका विशाल गिरी गायन तथा मोडलिङको क्षेत्रमा माहिर छन् । 

पछिल्लो समय नयाँ नयाँ कभर भिडियो तथा गीत यू–ट्यूबमा अपलोड गरेर मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनी यतिबेला जेम्स फोटोग्राफीमा फोटो सुट गराउन व्यस्त रहेका छन् ।

थुप्रै स्टेज कार्यक्रममा गायन प्रस्तुति दिई पुरस्कृतसमेत भइसकेका उनी देवी क्याम्पस बिर्तामोडमा बीबीएस प्रथम वर्षका विद्यार्थी हुन् ।

पढाइमा दक्ष, खेलकुदमा अब्बल लगायतका बहुमुखी प्रतिभाका धनी गिरी सामाजिक कार्यमा पनि अग्रसर देखिन्छन् ।

संगीत तथा मोडलिङमा सानैदेखि रुची राख्ने गिरी यतिबेला फिल इन्टरटेन्टमेन्ट हाउसको आयोजनामा हुने द फेसन मोडल २०१७ मा भाग लिने तयारीमा रहेको बताए । 

प्रतिकृया दिनुहोस