दक्षिण कोरियामा चुम्लुङको संगठन विस्तार


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , ६ 13:10:09

30238-20171122131009.jpg

झापा । लिम्बू समुदायको जातीय संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु) दक्षिण कोरियाले त्यहाँ आफ्नो संगठन विस्तार गरेको छ ।

चुम्लुङले हालै गजे, बुसान, मासान, किम्हे, छाङ्वन, हामान, जिन्जु, मिर्याङ, याङ्सानलगायतका क्षेत्रमा कार्यरत याक्थुङ समुदायहरुलाई समेटेर त्यहाँ क्षेत्रीय शाखा विस्तार गरिएको जनाएको छ । 

भेलाले किरणसुन्दर कन्दङवाको अध्यक्षतामा किरात याक्थुङ चुम्लुङको क्षेत्रीय शाखा गठन गरिएको कियाचु दक्षिण कोरियाका अध्यक्ष सुन्दरदिप आङदेम्बेले जानकारी दिए । 

उनले दक्षिण कोरियामा कार्यरत लिम्बू समुदाय छाता संस्थाको रुपमा चुम्लुङलाई सक्रिय बनाउने उद्देश्यका साथ शाखा विस्तार गरिएको बताए । 

१५ सदस्यीय गठित क्षेत्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्र पालुङ्वा, उपाध्यक्षत्रयमा घनेन्द्र नेम्वाङ, निस्मा सम्बाहाम्फे, ज्ञानेन्द्र मादेन, सचिवमा सरोज सेराङ, सहसचिवमा डम्बर पायाङ्गु, कोषाध्यक्षमा डिल्लीराम याक्पाङ्देन र सह–कोषाध्यक्षमा सोना सेन्दाङ चुनिएका छन् । 

त्यस्तै सदस्यहरुमा विक्रम धराप सुहाङ, विक्रम नेम्वाङ, कृष्ण किराती ,नैनसिंह खापुङ, मिलन लिम्बु र दिलहाङ शेर्मालगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस