स्वास्थ्य महोत्सवको अवधि २ दिन थपियो 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,मंसिर , ५ 16:38:28

30223-20171121163828.jpg

बिर्तामोड । यहाँस्थित बी एण्ड सी अस्पतालमा जारी ५ दिने पूर्वाञ्चल स्वास्थ्य महोत्सवको अवधि २ दिन थपिएको छ । 

पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मंसीर २ गते उद्घाटन गरेको स्वास्थ्य महोत्सव अब मंसीर ८ गते शुक्रबारसम्म जारी रहने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

मंसीर ६ गतेसम्मका लागि आयोजित महोत्सवमा सेवाग्राहीहरुको अत्याधिक चाप रहेकाले २ दिन अवधि थप गरिएको जनसम्पर्क अधिकारी गिरीले बताए । उनकाअनुसार आज ५ गते बेलुकासम्म १० हजार ८२२ जनाले सेवा लिएका छन् । 

धेरैजसो सेवाग्राहीहरु अर्थोपेडिक, न्यूरो, नाक–कान–घाँटी र फिजिसियन सेवा लिन आएका छन् । आजैमात्र पनि बिरामीको अत्याधिक चाप रहिरहेकाले महोत्सवको अवधि थप गरिएको गिरीले बताए । 

प्रतिकृया दिनुहोस