स्वर्गद्वारीको साधारणसभा सम्पन्न


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,मंसिर , २ 20:11:52

भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ चन्द्रगढीको चौथो वार्षिक साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष गोपालबहादुर थापाले १ हजार ५० जना शेयर सदस्य तथा ३२ लाख ३८ हजार १०० शेयर पूँजीसहित ५ करोड ८० लाख १८  हजार ९१८ रुपैयाको वार्षिक कारोबार पस्तुत गर्दै आगामी वर्षका लागि नीति एवम् कार्यक्रम प्रस्तुत गरेका थिए ।

गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचत कर्ता सम्मानबाट राजेश श्रेष्ठ, अरुणा शर्मा, भगवान पौडेल, लयमती राजवंशी र हिमा विष्टलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट ऋण कारोबार सम्मानबाट शम्भुनाथ मेचे, धनकुमारी भण्डारी, राजकिशोर सोनार, निर्मला राई र धाकु राजवंशीलाई सम्मानित गरिएको छ ।

प्रकाश दाहालले स्वागत गरेको कार्यक्रममा सिद्धान्त बचतका गोपाल श्रेष्ठ, शान्ति कृषि सहकारीका देवीप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रकाश भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस