नेपालीको घरमा स्वास्थ्यको पहुँच पुर्‍याउन दलहरु नै बाधक


अनलाइन, प्रकाशित मिति : २०७४ ,मंसिर , २ 14:16:24

30176-20171118141624.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण स्वास्थ्य क्षेत्र बढी प्रभावित भएको बताएका छन् ।

क्रिटिकल केयर नर्स एसोसिएसनले आज राजधानीमा गरेको कार्यक्रममा प्रा.डा. केसीले स्वास्थ्य सेवाको पहुँच सबै नेपालीको घरमा पुर्‍याउने काममा राजनीतिक दलहरु नै बाधक बनेको टिप्पणी गरेका छन् ।

उनले राजनीतिक अस्थिरताका कारण चिकित्सा क्षेत्र प्रभावित हुनु लज्जाको विषय भएको भन्दै दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सुझाव दिए ।

प्रा.डा.केसीले गुणस्तरीय स्वास्थ्य शिक्षाले नै गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन सक्ने भएकाले यसका लागि आफू लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा देशका विभिन्न अस्पतालमा काम गरिरहेका नर्सहरु सहभागी थिए ।

कार्यक्रमका सहभागीहरुले आईसीसीयू र आईसीयूका बिरामीको स्वास्थ्य सेवा र हेरचाहका लागि नर्सको अहम् भूमिका हुने भएकाले नर्सिङ शिक्षालाई गुणस्तरीय र समयानुकूल बनाउनपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस