मनकामनामा शान्ति बोलाउँदै तिवारी भए प्रथम 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , ३० 16:37:33

30147-20171116163733.jpg

बिर्तामोड । यहाँस्थित मनकामना क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था मनकामना क्याम्पस साहित्यिक परिवारले आज मनकामना गायन प्रतियोगिता सम्पन्न गरेको छ ।
 
साहित्यिक परिवारका अध्यक्ष संगीता कोइरालाको अध्यक्षता तथा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा ‘फर्की आउ शान्ति तिमी ....’  बोलको गीत गाएर कृष्ण तिवारी प्रथम भए भने ‘चौबन्दीमा पटुकी....’ बोलको गीत गाएर ज्योति लामिछाने द्वितिय भइन् । त्यस्तै ‘हजार जुनीसम्म .....’ बोलको गीत गाएर भरत भट्टराई तृतिय भए भने ‘पानी मीठो मेरो हजुर......’ बोलको गीत गाएर काजल साहले सान्त्वना पुरस्कार हात पारेकी छिन् ।

गायक विशाल घिमिरे र प्राध्यापक भगिरथ पाण्डेले गायन प्रतियोगिताको निर्णायकको भूमिका निभाएका थिए । विद्यार्थीहरुले कविता, मुक्तक, गजल प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
  
साहित्यिक परिवारका कोषाध्यक्ष रोशन भट्टराइले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन हरिकृष्ण भण्डारी र इन्साफ ढुंगेलले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस