एनएमसीद्वारा सदस्य राहत प्रदान


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , ३० 16:09:44

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्ना सदस्यलाई दिँदै आएको राहत अन्तर्गत बुधबार चारजना सदस्यलाई राहत वितरण गरेको छ ।

संस्थाको बिर्तामोड कार्यालय अन्तर्गत एकाइ समितिहरुको विस्तारित बैठकमा उक्त राहत वितरण गरिएको हो । राहत पाउनेहरुमा भोजराज सिटौला र कुमारप्रसाद कडरियालाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिएको छ । उनीहरुलाई बाढीपीडित राहत अन्तर्गत सो रकम वितरण गरिएको हो । 

यसैगरी संस्थाका सदस्य चन्द्रकला प्रसाईँलाई क्यान्सर रोग लागेको कारण संस्थाको तर्फबाट २५ हजार रुपैयाँ उपचार सहयोग प्रदान गरिएको छ । यसैगरी मृत्यु राहत अन्तरगत संस्थाका सदस्य उमेश शाहको मृत्यु भएकाले मृतककी पत्नी पार्वती शाहलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिएको छ । 

उक्त राहत रकम संस्थाका सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेत, बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्य, सदस्य मेदिनीप्रसाद न्यौपाने र पत्रकार गोपाल काफ्लेले हस्तान्तरण गरेका थिए । 
 

प्रतिकृया दिनुहोस