झापामा कर सप्ताहको तयारी पूरा


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २९ 20:17:45

झापा । आउँदो मंसीर १ गतेदेखि आन्तरिक राजश्व कार्यालय भद्रपुरले करदाता सचेतनालगायतका विविध कार्यक्रमका साथ कर सप्ताह मनाउने भएको छ ।

बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी कार्यालयले साताव्यापी कार्यक्रमको खाका सार्वजनिक गरेको हो । ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने नाराका साथ यो वर्ष छैटौं कर सप्ताह हुन लागेको हो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्य, कर अधिकृतहरु छवि भट्टराई र पेशल न्यौपानेसहितका अधिकारीहरुले कर सप्ताहको औचित्यमाथि प्रष्ट पारेका थिए । 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, महासचिव प्रशान्त भण्डारीसमेतको सहभागितामा पत्रकार सम्मेलन गरिएको थियो ।
 
यो वर्षको कर सप्ताह बिर्तामोड उद्योग वाणिज्य संघसँगको समन्वयमा मंसीर १ गते बिहान बिर्तामोडमा प्रभातफेरी गरेर शुरु गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस