घरेलु मैदानमा झापा ११ को सानदार प्रस्तुित 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २८ 18:40:33

30116-20171114184033.jpg

दूधे । झापाको झिलझिलेमा आजदेखि शुरु भएको दोस्रो सताक्षी गोल्डकपको उद्घाटन खेलमा रमपम ११ ले पोखरा ११ लाई शून्यका विरुद्ध ४ गोल गरी दोस्रो चरणमा प्रवेश गरेको छ । 

गणेशमान अध्ययन प्रतिष्ठान झिझिलेको खेल मैदानमा घरेलु टिम झापा ११ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै पोखरा ११ लाई स्तब्ध बनाएको हो । 

खेलको १२औं मिनेटमा झापा ११ का खेलाडी मार्टिन अजयले गोल गर्दै खाता खोलेका थिए । यस्तै खेलको १७औं मिनेटमा योगेश गुरुङ्गको पासलाई सदुपयोग गर्दै झापा ११ का १७ नम्बर जर्सीका कर्ण लिम्बूले गोल गर्र्दै खेलमा पोखरा ११ विरुद्ध २ गोल अन्तर बनाएका थिए । 

एक पछि अर्को गोल गर्दै विशाल राईले खेलको १९औं मिनेटमा अर्को गोल थपे ।

दोस्रो हाफको ११औं मिनेटमा खेल मैदानको मध्य भागबाट दिल्सन लोक्तमले प्रहार गरेको गोल पोखरा ११ का गोल रक्षकले रोक्न नसक्दा थप गोल हुन पुगेको थियो ।

पोखराका खेलाडीले पाएको एकमात्र पेनाल्टी सुट गोलमा परिणत गर्न नसक्दा नराम्रो हार व्यहोर्नु परेको छ । 

दोस्रो हाफको २२औ मिनेटमा कर्णले पाँचौ गोल गर्दै गोल अन्तर फराकिलो बनाएको थिए । स्थानीय सताक्षी स्पोर्टिङ्ग क्लबको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

मंगलबारको म्यान अफ दि म्याच विजयी टिमका क्याटेन योगेस गुरुङ्ग घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

बुधबारको खेल भारतको डाइमण्ड अफ एकाडेमी र विभागीय टीम एपिएफबीच हुनेछ ।

प्रतिकृया दिनुहोस