वाम गठबन्धनले आज झापामा के गर्यो


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २८ 17:49:08

30115-20171114174908.jpg

बिर्तामोड । आगामी मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम देशभक्त तथा राष्ट्रवादी गठबन्धनका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार अभियानलाई तीब्र बनाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को कनकाई नगरपालिका वडा नं. ८ र ९ मा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पवित्रा निरौला खरेल, प्रदेशसभा सदस्यका उम्मेदवार एकराज कार्की, माओवादी केन्द्रका नेता ज्योतिसिंह दर्लामीसहित राप्रपाका स्थानीय नेता कार्यकर्ताहरु सहभागी थिए । 

त्यसैगरी, क्षेत्र नं. २ को अर्जुनधारा नगरपालिका वडा नं. ६ र ८ मा पनि घरदैलो अभियान गरिएको छ । अभियानकै बीच अर्जुनधारा ६ मा संयुक्त प्रचारप्रसार वडा कार्यालयको उद्घाटन पनि गरिएको छ । कार्यक्रममा क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा सदस्यका उम्मेदवार बिर्ख प्रधान, एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा, माओवादी केन्द्र तथा राप्रपाका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता थियो ।   

यसैगरी, क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देन र प्रदेशसभा सदस्यका उम्मेदवार पूर्णसिंह राजवंशीले आजै बिर्तामोड नगरपालिका १० स्थित सैनिकमोड र बाह्रदशीमा घरदैलोसहित चोकचोकमा कोणसभा सम्पन्न गरेका छन् । 

सोहीक्रममा प्रचारप्रसार समिति गठन र संयुक्त कार्यालयसमेत उद्घाटन गरिएको छ । कार्यक्रममा पूर्व सांसदहरु पुष्प पोखरेल, मोहन टुडु, पूजा खनाललगायत तीनवटै राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस