‘जनताको सेवक बन्छु’ : उद्धव थापा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २८ 17:30:52

30114-20171114173052.jpg

बिर्तामोड । नेपाली कांग्रेसबाट झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभाका उम्मेदवार उद्वव थापाले जनताको सेवक बनेर राष्ट्रको उन्नतिका लागि सदा क्रियाशील रहने प्रतिवद्धता गरेका छन् ।

आफू उम्मेदवार रहेको क्षेत्र अन्तरगत बिर्तामोड नगरपालिका वडा नं. ५ को पाथीभरा टोल, महानन्द चोक, सुब्बा चोक, धिमाल बस्ती, न्यूटन्स चोक, बुद्धनगरलगायतका स्थानमा आयोजित चुनावी कोणसभामा बोल्ने क्रममा उनले सो प्रतिवद्धता गरेका हुन् । आफूले जितेमा बिर्तामोड शहरका सडक, ढल निकास, बाटो मर्मत गरी स्मार्ट सिटी बनाउने उनले दाबी गरे । 

‘अहिलेको निर्वाचनमा दल विशेषभन्दा पनि लोकतन्त्रलाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न प्रमुख हो’ थापाको भनाई थियो । 

चुनावी कोणसभाहरुमा क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ का उम्मेदवार लक्ष्मण खड्काले मुलुक राष्ट्रिय संकटमा रहेको बेलामा साम्यवाद रोज्ने कि लोकतन्त्र भन्ने प्रश्न प्रमुख भएकाले निर्वाचनमार्फत् आफूहरुको विजय आवश्यक रहेको सुनाए । 

चुनावी कोणसभाहरुमा केदार मैनाली, हर्कलाल गिरी, विरेन मेचे, जलकुमार गुरुङ, केशव श्रेष्ठ, ध्रुव उपे्रतीलगायतले आफ्ना भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस